अतिथि रिसोर्टलाई लगातार ‘ट्राभलर्स च्वाइस अवार्ड’

पोखरा । अतिथि रिसोर्ट एण्ड स्पा पोखराले लगातार ‘ट्राभलर्स च्वाइस अवार्ड’ पाउन सफल भएको छ । विश्व प्रशिद्ध ट्राभल वेबसाइट कम्पनी ट्रिप एडभाइजरले अतिथिलाई सन् २०२० मा सातौं पटक उक्त अवार्ड प्रदान गरेको छ ।

यस अगाडि रिसोर्टले सन् २०१४, २०१५, २०१७, २०१८, २०१९ मा नेपालका टप टेन होटलभित्र पर्न सफल हुँदै उक्त अवार्ड पाइसकेको छ । पर्यटकलाई स्तरीय सेवा प्रदान गरी अतिथिलाई सन्तुष्ट बनाउन सफल भएकाले नै अतिथिले लगातार उक्त अवार्ड पाउन सफल भएको बताउँछन् रिसोर्टका भरतराज शर्मा ।

footwear zone

‘सन् २०१३ अप्रिलमा सञ्चालनमा आएको रिसोर्टले लगातार ट्राभलर्स च्वाइस अवार्ड पाउँदा हामी उत्साही भएका छौं,’ उनले भने, ‘सेवालाई अझ बढी स्तरीय बनाउँदै आगामी दिनमा पर्यटकको अझै मन जित्नेछौं,’ उनले भने ।

चारतारे स्तरको अतिथि रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा तथा सुविधा प्रदान गरिरहेको अपरेसन म्यानेजर तोयानाथ पौडेलले बताए । अतिथिमा ४७ वटा डिलक्स, २ वटा लक्जरी र एउटा स्वीट रुम छन् । स्पा र स्विमिङ पुलको सुविधा रहेको रिसोर्टमा इभेन्टहरुका लागि ३ वटा कन्फ्रेन्स हलको सुविधा पनि छ ।

You might also like

Comments are closed.