काठमाडौं । कोरोना संक्रमित भएका अर्बपति बिनोद चौधरीले आफूलाई कुनै लक्षण नदेखिएकोे बताएका छन् । कोरोना संक्रमणको दुईदिनसम्म कुनै लक्षण नदेखिएकाले घरमै आइसोलेसनमा बसिरहेको उनले बताएका छन् ।
‘कोरोना संक्रमण पुष्टि भएपछिका यी दुई दिनमा हरेक माध्यमबाट उत्प्रेरणा दिनुहुने सम्पूर्ण महानुभावप्रति म अनुग्रहित छु । तपाईंहरूको अपार माया देखेर म भावुक भएको छु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अहिलेसम्म ममा कोरोनाका कुनै लक्षण देखिएका छैनन् । घरमै आइसोलेसनमा बसिरहेको छु । तपाईंहरूको यति धेरै मायाले कोरोनालाई जित्न सक्नेछु भन्ने आत्मबल मिलेको छ ।’


सबैलाई कोरोनाबाट सुरक्षित रहन समेत उनले आग्रह गरेका छन् ।




Comments are closed.