बार्षिकोत्सवको अवसरमा क्यान कास्कीले गर्यो कम्प्युटर सहयोग तथा आश्रमको वेवसाइट लन्च

पोखरा ।
कम्प्युटर एशोसिएसन महासंघ नेपाल (क्यान)ले १२ औं बार्षिकोत्सवको अवसरमा
पोखरा महानगरपालिकावडा नं २३ ठूलाखेतमा रहेको श्री सिद्धबराह तपोबन विद्याश्रममा अध्यात्मिक ज्ञान अध्ययनरत विद्यार्थीहरुलाइ सूचना तथा प्रविधिको ज्ञान दिने उद्देश्यले विभिन्न कार्यक्रम गरेको छ । यस संस्थाको लागि तयार गरिएको वेभसाइट लन्चिङ गरिनुका साथै कम्प्युटर हस्तान्तरण गरिएको क्यान कास्कीका अधयक्ष विश्वास भण्डारीले जानकारी दिए ।

कार्यक्रममा वोल्दै वडा अध्यक्ष विष्णु प्रसाद पराजुलीले क्यान महास.घले गरेको कामको प्रसंसा गरे । समय सापेक्ष रुपमा सुचना तथा प्रविधकिो ज्ञान दिनको लागि कम्प्युटर हस्तान्तरण गरेकोमा खुसी व्यक्त गरे ।

footwear zone

कार्यक्रममा क्यान महासंघ गण्डकी प्रदेशका निर्वतमान अध्यक्ष चिन्तामणी वास्तोला,पूर्व अध्यक्ष चण्डीप्रसाद अर्याल,निर्वतमान अध्यक्ष तथा कार्यक्रम संयोजक युवराज पौडेल, उपाध्यक्ष आशिष गुरुङ,सचिव सेवक क्षितिज,कोषाध्यक्ष विश्व कुमार प्रधान,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक, स्थानिय समाजसेवीहरु यस गुरुकुल विद्यालयमा अध्ययनरत विद्यार्थी लगायत सहभागी थिए ।

You might also like

Comments are closed.