पोखरा लेडी जेसिजको आयोजनामा तनाव व्यवस्थापन तालिम

पोखरा ।
पोखरा लेडी जेसिजको आयोजनामा तनाव व्यवस्थापन तालिम सोमबार सम्पन्न भएको छ । कोरोना माहामारीलाई मध्यनजर गरी जुम मार्फत कार्यक्रम गरिएको थियो ।

नेपाल जेसीज पुर्व राष्ट्रिय अध्यक्ष जेसीआइ सिनेटर राजेन्द्र वहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको प्रमुख प्रशिक्षक NlP/ Mind mapping Coach सिनेटर राजा बाबु शाह थिए । कार्यक्रममा राष्ट्रिय तालिम आयुक्त शिब सुबेदी , निरुपित राष्ट्रिय उपाध्यक्ष मन्जु शाह ठकुरी , एरिया बि तालिम संयोजक जेसी पायल शर्मा, पुर्व राष्ट्रिय पदाधिकारीहरु, राष्ट्रिय पदाधिकारीहरु, मातृ शाखाका शाखा अध्यक्ष शिब सापकोटा , बिभिन्न शाखाका शाखा अध्यक्ष , अन्य संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, पोखरा लेडी जेसीजका पुर्व अध्यक्ष ,बोर्डका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिती थियो ।

पोखरा लेडी जेसिजका अध्यक्ष शोभा भुजेल को अध्यक्षतामा भएको कार्यक्रमको संचालन गायत्री फुयाँलले गरेकी थिईन् । कार्यक्रम संयोजक सुजता सापकोटाले स्वागत गरेको कार्यक्रममा राष्ट्रिय गान तथा जेसीज आस्थाको भिडियो उपाध्यक्ष सपना गिरीले प्रस्तुत गरेकी थिईन् ।

footwear zone

कार्यक्रममा सहभागी को तर्फबाट तरहरा जेसीजका अध्यक्ष सुनिल तिमिल्सिना र इटहरी लेडी जेसीजका अध्यक्ष रोसना थापाले कार्यक्रम उत्कृष्ट र फलदायी रहेकोले कार्यक्रम आयोजना गरिएको मा पोखरा लेडी लाइ धन्यबाद दिदै आफ्ना भनाईहरु राखेका थिए । कार्यक्रममा प्राविधिक सहयोग सिनेटर रबिन पोखरेलले गरेका थिए । चार घन्टा सम्म चलेको उक्त कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको पोखरा लेडी जेसिजका मिडिया अफिसर सम्झना थापा क्षेत्रीले जानकारी दिईन् ।

You might also like

Comments are closed.