पोखरा ।गण्डकी प्रदेश भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री र मन्त्रालयका सचिवबीच सोमबार कार्य सम्पादन सम्झौता भएको छ । मन्त्रालयमा सोमबार दिउँसो आयोजित एक कार्यक्रमकाबीच मन्त्री र सचिवबीच कार्य सम्पादन सम्झौता भएको हो । सम्झौता पत्रमा भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा र मन्त्रालयकी सचिव सबनम शिवाकोटी (अर्याल)ले हस्ताक्षर गरे ।
कार्य सम्पादन सम्झौता यसअघी नै गर्ने तयारी गरिएपनि मन्त्रालयमा सचिव आउन ढिलाई हुँदा करीब डेढ महिना ढिलोगरी सम्झौता भएको मन्त्री लेखबहादुर थापाले बताए ।
सम्झौतामा प्रधानमन्त्री कार्यालयमा बुझाइएको कार्ययोजना र कार्यतालिका अनुसारै काम गर्ने उल्लेख छ । जसमा आर्थिक कारोबारमा नियमितता, मितव्यीता, कार्यक्षमता, प्रभावकारी, औचित्यता काम राख्ने, आर्थिक अनुशासन कायम राख्ने, सार्वजनिक खरिद ऐन, नियमावली, खरिद सम्बन्धी प्रदेश नियमावली, आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐन, प्रदेश आर्थिक कार्यविधि ऐन, प्रदेश प्रशासन ऐनलगायत प्रचलित नेपाल कानूनको पालना गर्ने, गराउने उल्लेख छ ।

सम्झौतापछि मन्त्री थापा मगरले कोरोना कहरकाबीच मन्त्रालयका कार्यहरु प्रभावकारी रुपमा तोकिएकै समयमा सक्न निर्देशन दिए । उनले कोरोनालाई देखाएर सम्झौता अनुसार काम नगर्ने छुट नत कर्मचारी नत मन्त्री कसैलाईपनि नभएको बताए ।




Comments are closed.