नेपालमा २४ घण्टामा २२८७ ले जिते कोरोना, ९०२ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ३२ हजार ९ सय ६४ जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा ९ सय २ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।

You might also like

Comments are closed.