भिटोफ गण्डकीले सदस्यता नविकरण शुल्क नलिने

 

पोखरा । नेपालमा ग्रामिण पर्यटनको विकासको लागि प्रवद्र्धन गर्ने कार्य गर्दै आएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी समितिले आफ्ना सदस्यहरुको नविकरण  निशुल्क गर्ने निर्णय गरेको छ ।

भिटोफ गण्डकीको सोमबार भएको भर्चुअल बैठकले उक्त निणर्य गरेको साथै मञ्चको साधारण सभा पनि भर्चुअल विधिबाट नै सम्पन्न गर्ने निर्णय गरेको अध्यक्ष नवराज अधिकारीले जानकारी दिए ।

footwear zone

भिटोफ गण्डकीमा पर्यटन व्यवसायमा संलग्न व्यवसायी तथा होमस्टेहरु आजिवन र साधारण गरी जम्मा ७५ सदस्य  छन् । समितिले हरेक वर्ष एक हजार पाँच सय नविकरण शुल्क लिर्दै आएको थियो । कोभिड १९को महामारीको असर पर्यटन क्षेत्रमा परि व्यवसाय नै धरासयमा पुग्न लागेको अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको अधिकारीले वताए ।

भिटोफ गण्डकीले प्रदेश भित्रका होमस्टेहरुको सम्भावना अध्ययन गरी हरेक वर्ष एक होम स्टेलाई गन्तव्य र एक लाई उत्कृष्ट होम स्टे घोषणा गर्दैै प्रवद्र्धन तथा प्रचारप्रसार गर्दै आई रहेको छ भने प्रदेश सरकार संगको सहकार्यमा होम स्टे संचालकलाई तालिम तथा होमस्टेहरुको विचमा अन्तरसम्बन्ध कायम गर्ने कार्य गर्दै आईरहेको भिटोफ गण्डकीका संस्थापक तारानाथ पहारीले वताए ।

You might also like

Comments are closed.