पोखरा। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७ सय १८ पिसिआर परिक्षण गरिएको छ । यस मध्य ५२ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमण देखिनेमा नवलपरासी पुर्वका २० जना, स्याङ्जाका १३ जना, कास्कीका ६ जना, तनहुंका ९ जना, लमजुङका १, गोरखाका ३ र मनाङका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ७ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । यस सँगै मृतकको संख्या ३१ पुगेको छ । हाल सम्म संक्रमणमुक्त हुनेको संख्या १ हजार ९ सय २ रहेको छ ।






Comments are closed.