सिभिल बैंकले नेप्सेलाई भन्यो, ‘हिमालयन बैंकसँग मर्जरको प्रचार गरेका होइनौं’

काठमाडौं । नेप्सेले सोधेको प्रश्नको जवाफ दिदै सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरका लागि कुनै पनि सम्झौता नगरेको र बैंकलाई पत्र नपठाएको उत्तर दिएको छ । हिमालयन बैंकसँग मर्जरको प्रचार गरेर सिभिल बैंकले सेयर मूल्य बढाएको आरोप लागेको थियो । यस सन्दर्भमा वास्तविकता बुझन् नेप्सेले सिभिल बैंकसँग स्पष्टीकरण सोधेको थियो ।

‘सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ती गर्ने विषयको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भइरहेको सम्बन्धमा बैंकको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै उक्त समाचारहरुमा आए जस्तो बैंकबाट कुनैपनि औपचारिक निर्णय नभएको,’ विज्ञप्तिमा उल्लेख छ, ‘बैंकले आधिकारिक रुपमा त्यस्तो खालको कुनैपनि समाचार सम्प्रेषण नगरेको अनुरोध गर्दै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ बमोजिम जानकारी गराउनुपर्ने सबै प्रकारको निर्णयहरु समयमै बुझाउँदै आइरहेको तथा भविष्यमा समेत नियमानुसार जानकारी गराउनेछौं ।’

बैंकले नेप्सेलाई पठाएको पत्र यस्तो छः

footwear zone

You might also like

Comments are closed.