पछिल्लो २४ घण्टामा थपिए १३५६ कोरोना संक्रमित

काठमाडौं ।  नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५६ संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

२४ घण्टामा ११ हजार १ सय ५४ पिसिआर परिक्षण गरिएको थियो । संक्रमितको सक्रिय संख्या १८ हजार १ सय ४२ जना रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ८ सय २३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ४८ हजार ६१ जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.