अन्तर्राष्ट्रिय ब्राण्ड मिसियोको दोस्रो शोरुम नयाँबानेश्वरमा, शुभारम्भको अवसरमा ५१% छुट

काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्ड मिसियोको दोस्रो शोरुम काठमाडौंको नयाँ बानेश्वरमा खुलेको छ । शोरुमको बिहीबार एक कार्यक्रमबीच नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, मिसियोका ब्राण्ड एम्बेस्डर कलाकार अनमोल केसी, पूर्व मिस नेपाल शुभेच्छा खड्काले संयुक्त रुपमा उद्घाटन गरे ।

यस अगाडि गत फेब्रुअरीमा काठमाडौंको सिभिल मलमा मिसियोको पहिलो शोरुम सञ्चालनमा आएको थियो । मिसियोको लागि नेपालको मास्टर फ्रेन्चाइज कम्पनी आरभ मल्टिनेशनल हाउस हो । दोस्रो शोरुम शुभारम्भका अवसरमा एक सातासम्म ५१ प्रतिशत छुट प्रदान गरिएको प्रवन्ध निर्देशक रज्जु तण्डुकारले जानकारी दिइन् । यो छुट मिसियोको पहिलो शोरुम सिभिल मलमा पनि एक सातासम्म लागु हुनेछ । ‘एक सातापछि हाम्रा मूल्यवान ग्राहकहरूको फाइदाका लागि अझ बढी छुटका आकर्षक योजनाहरु सार्वजनिक गर्नेछौं,’ उनले भनिन् ।

footwear zone

शतप्रतिशत जेन्युन र अन्तर्राष्ट्रिय ब्राण्डको कपडा नेपाली ग्राहकहरुमाझ ल्याउन पाउँदा निकै खुसी लागेको तण्डुकारले बताइन् । ‘फेसनेवल तथा आधुनिक जीवनशैली मन पराउने ग्राहकहरुको प्रमुख रोजाईमा मिसियो ब्राण्ड पर्नेमा हामी विश्वस्त छौं,’ उनले भनिन् ।

मिसियो चीनको उत्कृष्ट ब्राण्डमा पर्छ । चीनको फेसन उद्योगको प्रतिष्ठित समूह इस्योन (YISHION) को स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित छ । यो ब्राण्ड संसारभर लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ । चीनमा मिसियोका ३४ वटा फ्याक्ट्री छन् ।

You might also like

Comments are closed.