पोखरा ।
पोखरा जेसीजको आयोजनामा जेसीज सप्ताह हुने भएको छ । असोज ११ गतेबाट १७ गते सम्म विभिन्न सामाजिक काम सहित जेसीज सप्ताह सम्पन्न हुनेछ ।
निस्वार्थ मानबताको सेवा भावमा निहित रही सामाजिक काम गर्ने उदेश्यले जेसिज सप्ताह मनाउन लागेको जेसीज सप्ताहका मुल संयोजक मिनराज खड्काले जानकारी दिए । शुक्रबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरी जेसीज सप्ताहका वारे जानकारी दिईएको हो ।
जेसीज सप्ताह अन्र्तगत रक्तदान कार्यक्रम, स्वास्थ्य सुरक्षा तथा शैक्षिक सामग्री वितरण, महिला स्वास्थ्य सचेतना तथा सेनिटरी प्याड बनाउने तालिम, कोभिड १९ सम्वन्धी सचेतना कार्यक्रम, उद्यमशिलता विकास सम्वन्धी परामर्श लगायतका कार्यक्रम गरिने पोखरा जेसीजका अध्यक्ष शिव प्रसाद सापकोटाले जानकारी दिए ।




Comments are closed.