लकडाउनले पोखरामा जन्माएको बरदान अनलाइन स्टोर

पोखरा ।लकडाउनको अवधिमा सुरु भएको बरदान अनलाइन स्टोरले पोखरामा लकडाउन सुरु भएपछिको विषम परिस्थितिमा खाद्यान्नदेखिे अति आवश्यक वस्तुको होम डेलिभरी सुरु गर्यो। बरदानले पोखराबाट सुरु गरेको ब्यवसाय छोटो समयमै राम्रो लोकप्रियता पाएपछी लकडाउन अबधिमै चितवनमा पनि सेवा बिस्तार गरेर होमडेलिभरी सुरु भएको थियो ।

लकडाउन सुरु भएसँगै बैशाखबाट होम डेलिभरी सेवा दिन थालेको स्टोरका कर्याकारी प्रमुख सन्जिब पौडेलले बताए । ‘अहिले पोखरामा मात्रै ५ हजार उपभोक्ताले सेवा लिइरहेका छन्,’ उनले भने, ‘छिटै काठमाडौं र बुटवलमा पनि सुरु गर्ने योजना छ । बरदान उपत्यका बाहिर सञ्चालन भई आक्रमक व्यापार गरिरहेको पहिलो अनलाइन स्टोर हो।’

बरदानले पोखरा र चितवनमा आफ्नो कार्यालयको १५ किलोमिटरको दायरमा रहेका उपभोक्तालाई निशुल्क होम डेलिभरी सेवा दिइरहेको उनले बताए।

footwear zone

वरदानले स्वदेशी सामानलाई मुख्य प्राथमिकतामा राखी बाह्य सामान पनि होम डेलिभरी गरिरहेको उनले बताए। लकडाउनको अवधिमा सुरु भएको बरदान स्टोरले हालसम्म २० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ।
ग्राहकलाई अझै सजिलो होस् भनेर वरदानको आफ्नै मोबाइल एप पनि छिट्टै आउने निर्देशक बैभब पौडेलले बताए ।
बरदान स्टोरबाट सामान खरिद गरेपछि इ सेवा, खल्ती, कनेक्ट आइपिएस, आएमई पे, बैकंका अन्य कार्डबाट पैसा तिर्न सकिनेछ । त्यस्तै सामान किनिसकेपछि नगद रुपैयाँ तिर्न सकिनेछ ।

दशैंलाई लक्षित गर्दै बरदानले विभिन्न छुट तथा आकर्षक उपहारहरु पनी छिटै बजारमा ल्याउदै छ ।
हाल बरदान स्टोरले किराना, बच्चाकाको लागि खाना, सुरक्षा, चकलेट, सफा गर्न प्रयोग गरिने बस्तु, विद्युतीय सामाग्री, मोबाइल फोन, नेपाली तथा अङ्ग्रेजीका किताब, खानेकुरा, गर(गहना, घडि(चस्मा, भान्साका सामाग्रीहरुको होम डेलिभरी गरिरहेको छ। केही दिनमै मदिराको समेत बिक्रि सुरु गरिने पौडेलले बताए।

You might also like

Comments are closed.