काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएपनि स्वास्थ्यमा कुनै समस्या नरहेकाले घरमै सुरक्षित आइसोलेसनमा बसेको उनले जानकारी दिए ।
आफूसँग सम्पर्कमा आएकाहरुलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन उनले आग्रह गरेका छन् ।
कोरोना परीक्षणका लागि ढकालले आइतबार स्वाव दिएका थिए । आज सोमबार बिहान पोजेटिभ रिपोर्ट आएको ढकालले जानकारी दिए ।

‘विश्वमै महामारीका रुपमा रहेको कोभिड–१९ को प्रकोप हाम्रो देशमा पनि बढ्दो रुपमा रहेको सबैलाई जानकारी नै छ । यस समयमा म आफू पनि जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ,’ उनले भनेका छन्, ‘तर, मलाई स्वास्थ्यमा कुनै समस्या छैन, सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको छु । त्यसैले केही दिनयता मेरो सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउनुहुन यसै सूचनामार्फत आग्रह गर्दछु ।’




Comments are closed.