अधिकृत पूँजी १ अर्ब र चुक्ता पूँजी ८४ करोड २ लाख पुर्याउँदै नेपाल फाइनान्स

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको वार्षिक साभारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले संंस्थाको अधिकृत पूँजी १ अर्ब रुपैैयाँ र जारी तथा चुक्ता पूँजी ८४ करोड २ लाख रुपैयाँ बनाउने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकले ‘ग’ बर्गको वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पु¥याउन दिएको निर्देशन बमोजिम फाइनान्सले सो निर्णय गरेको हो । साधारण सभाले उक्त प्रकृयालाई अगाडि बढाउने प्रस्ताव समेत पारित गरेको छ ।

संस्थाको चुक्तापूँजी ८४ करोड २ लाख ६५ हजार ५ सय ९४ पु¥याउन १ः१.७५ (एक बराबर एक दशमलब सात पाँच) को अनुपातमा हकप्रद शेयर जारी गर्ने बिशेष प्रस्ताव पनि साधारण सभाले पारित गरेको प्रमुख कार्यकारी अधिकृत उध्दबराज थपलियाले जानकारी दिए ।

footwear zone

यस संस्थाको प्रगति तथा समृद्धिको लागि गरेका क्रियाकलापहरुमा समय–समयमा प्राप्त राय सुझावहरुलाई आत्मसाथ गर्दै यस संस्थासंग संवद्ध नियमनकारी निकायहरु, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल सरकार, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सि.डि एस एण्ड क्लियरिङ लि. शेयर रजिष्ट्रार, सम्पूर्ण सञ्चार जगत, अन्य संघ संस्था, तथा ग्राहक प्रति अध्यक्ष हिरेन्द्र मान प्रधानले आभार व्यक्त गरेका छन् ।

संस्थाको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा संचालकहरु हिरेन्द्रमान प्रधान, चन्द्रकुमार राइ, दिप्रश शाक्य, राजन प्रजापती, रोजीना श्रेष्ठ, लक्ष्मी महर्जन तथा स्वतन्त्र सञ्चालक आनन्दकृष्ण ताम्राकार ( लगायत आधारभुत शेयरधनीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

You might also like

Comments are closed.