कोरोना संक्रमित थपिने क्रम जारी, आज थपिए १३५१ संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ संक्रमित थपिएका छन् ।

यस सँगै संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ रहेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ८० पिसिआर परिक्षण गरिएको छ भने हाल सम्म ९ लाख ९८ हजार ४ सय ७ पिसिआर परिक्षण भएको छ ।

footwear zone

नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ५४ हजार ६ सय ४० संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.