काठमाडौं । किया गाडीका ग्राहकहरुले दसैं तिहार लगायतका चाडपर्वको अवसरमा विशेष छुटमा गाडी खरिद गर्न पाउने भएका छन् । किया मोटर्सका लागि नेपालको आधिकारिक बितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले ग्राहकहरुलाई लक्षित गरी ‘बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्बजनिक गरेको छ ।
किया स्पोर्टेज र सेल्टोस एसयुभी खरिद गर्ने ग्राहकले ४ लाख रुपैयाँसम्म नगद छुट पाउने गरी यो अफर ल्याइएको कम्पनीले जनाएको छ । यसको अतिरिक्त एक वर्षको बिमा बापतको रकम र सडक कर समेत कम्पनी आफैले तिरिदिने बताइएको छ ।
भारतीय बजारमा समेत उत्पादन हुन थालेपछि किया ब्रान्डका सवारी साधनले नेपाली बजारमा पछिल्लो समय राम्रो कारोबार गर्न सफल भइरहेको छ । केही समयअघि सेल्टोस एसयुभीमार्फत यो सेग्मेन्टमा आफ्नो उपस्थिती दरिलो बनाउँदै लगेको कियाले पछिल्लो समय सोनेट मोडलको क्रसओभर सार्बजनिक गर्ने तयारी गरिरहेको छ ।

सुरुवाती मुल्य ३५ लाख ९० हजारमा यसको बुकिङ लिइरहेको कम्पनी स्रोतले बताएको छ ।




Comments are closed.