आइसरको दसैं तिहार उपहार योजना, ग्राहकले पाउनेछन् हात खाली नजाने अफर

काठमाडौं । दसैं तिहारलाई लक्षित गरी आइसर गाडीको खरिदमा विशेष अफर सार्वजनिक भएको छ । आइसर गाडीका लागि नेपालको आधिकारिक बिक्रेता बतास अर्गनाइजेसन अन्तर्गतको इष्टर्न एजेन्सी प्रा.लि.ले नेपाली ग्राहकहरुमाझ अफर सार्वजनिक गरेको हो ।

आइसरका एचडि, एलएमडि र बस सेगमेन्टको खरिदमा हात खाली नजाने ‘स्योर सट फुल च्वाइस अफर’ लागु गरिएको प्रालिका सिनियर म्यानेजर तथा सहायक सेल्स प्रमुख रघुनाथ पौडेलले जानकारी दिए ।

आइसरका गाडीहरुको खरिदमा नगद छुटदेखि विभिन्न अप्सनमा उपहारहरु ग्राहकले प्राप्त गर्न सक्नेछन् । स्मार्ट टिभी, मोबाइल, ल्यापटप, स्कुटर, बाइक, बुलेट बाइक लगायतका उपहार आइसरका ग्राहकले प्राप्त गर्न सक्ने पौडेलले जानकारी दिए ।

footwear zone

बसको खरिदमा ५ महिनाको किस्ता तिर्न नपर्नेदेखि एलएमडि गाडीमा २ वर्षको सेट्युल सर्भिसिङ निःशुल्क लगायतका विभिन्न अप्सनमा उपहार योजनाहरु सार्वजनिक भएका छन् । एचडी गाडीहरुको खरिदमा टिभिएसको स्कुटर, २ थान खरिदमा बुलेट मोटरसाइकल उपहार प्रदान गरिनेछ ।

भारतीय कमर्सियल गाडी निर्माता कम्पनी भल्भो आइसर कमर्सियल भेइकलको नेपालका लागि आधिकारिक बिक्रेता इष्टर्न एजेन्सिज प्रा.लि.ले यस वर्ष उत्कृष्ट डिलर अवार्ड प्राप्त गरेको थियो ।

आइसर गाडी इन्धनमा किफायती, मर्मत खर्चकम लाग्ने साथै सहज रुपमा स्पेयर पार्टस पाइने भएकाले लोकप्रिय रहेको कम्पनीको दावी छ ।

You might also like

Comments are closed.