म्याग्दीलाई अति प्रभावित क्षेत्रको रुपमा सूचिकृत गर्न माग

पोखरा । गण्डकी प्रदेश सांसद बिनोद केसीले म्याग्दी जिल्लालाई प्राकृतिक प्रकोपको अति प्रभावित क्षेत्रको रुपमा सूचिकृत गर्न माग गरेका छन् । गण्डकी प्रदेश सभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै केसीले यस्तो माग गरेका हुन् । अविरल वर्षाका कारण म्याग्दीका अधिकांश सडकहरु क्षतविक्षत भएका छन्,‘उनले भने,‘तर सरकारले ति क्षतविक्षत सडक बनाउन र खुलाउन ध्यान दिएको छैन । त्यसैले म्याग्दीलाई अति प्रभावित क्षेत्रको रुपमा सूचिकृत गरी चाँडो भन्दा चाँडो सडक मर्मतसम्भार र खुलाओस् ।’

कास्कीका सांसद दीपक कोईरालाले पोखराको लेखनाथ क्षेत्रमा अविरल वर्षापछि आएको बाढी र पहिरोले कयौं ठाउँमा बाटो अवरोध भएको र घरमा क्षति पुगेपनि सबैले समान रुपमा राहत नपाएको टिप्पणी गरे । कयौं ठाउँमा क्षेति पुगेको छ,‘उनले भने, तर हामी प्रदेश सदस्य, उच्च ओहोदाकालगायत पहुँचवालाले भनेका ठाउँमा राहत तथा पुर्ननिर्माणका काम भएका छन्, तर पहुँच नभएकाले अझै समस्या झेलिरहेका छन्, त्यस्तो ठाउँमा पनि प्रदेश तथा स्थानिय सरकारको ध्यान जाओस् ।’ उनले उच्च जोखिम क्षेत्रका बासिन्दाहरुलाई एकीकृत बस्ती निर्माण गरी स्थानान्तरण गर्नुपर्ने धारणासमेत ब्यक्त गरे ।

सांसद मणिभद्र शर्माले डा.गोविन्द केसीको माग पूरा गरि उनको जीवन रक्षा गर्न माग गरे । साम्राज्यवादी अमेरिकालेसमेत भारतका राष्ट्र पीता महात्मा गान्धीको माग सुनेको भन्दै कम्युनिष्ट सरकारले मेडिकल माफियाबिरुद्धको लडाईंमा रहेको डा.केसीको माग सम्बोधन नगर्दा अन्र्तराष्ट्रिय समुदायमा नराम्रो सन्देश गएको बताए । उनले तत्काल वार्तामार्फत केसीको माग पूरा गर्नुपर्ने बताए ।

footwear zone

कास्कीका सांसद कृष्ण थापासहित आशाकुमारी खनाल, ईन्द्रलाल सापकोटा, मेखलाल श्रेष्ठ, भागवतप्रकाश मल्ललगायतका सांसदहरुले बाढी पहिरोमा परेकाहरुलाई राहत दिदै उनीहरुको बसोबासको लागि एकीकृत बस्ती निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

You might also like

Comments are closed.