नयाँ मोडलको कार्यविधिसहित साधारण सभा गर्ने तयारीमा लेउवा संघ

पोखरा ।कोभिड १९ का कारण भेला तथा जमघटबाट साधारण सभा गर्न नमिल्ने भएपछि लेखनाथ उद्योग वाणिज्य संघले नयाँ मोडलको कार्यविधि सहितको साधारण सभा गर्नको लागि विभिन्न उपसमितिको बैठक बसी तयारी अगाडी बढाएको छ ।

संघको २४ औं साधारण सभाको तयारीका लागि असोज १ गते देखि ब्यवसायी सदस्यहरुका हातहातमा प्रतिबेदन पठाउने काम भईरहेको र सोही प्रतिबेदन उपर संघद्वारा गठित विभिन्न उप समितिहरुको छुट्टा छुट्टै भेला गरि सुझाव संकलनको काम भइरहेको छ ।

वि .स २०५४ सालमा स्थापना भएको लेखनाथ उद्योग बाणिज्य सँघमा आवद्ध १ हजा र ४ स य २२ ब्व्यवसायी सदस्यको हितमा सामुहिक नेतृत्व प्रणाली र प्रजातान्त्रिक विधिको अवलम्वन गरि नयाँ तरिकाले वार्षिक साधारणसभा गर्न लागेको संघका अध्यक्ष  बलराम ढकालले जानकारी दिए ।

footwear zone

अगाडी सारिएको कार्ययोजना अन्र्तगत साधारण सभाकै जस्तो वार्षिक प्रतिवेदन सम्पुर्ण ब्यवसायीकोमा पु¥याई सक्ने र सोही प्रतिवेदनका आधारमा व्यवसायीबाट बैज्ञानिक विधीबाट सुझाव संकलन गर्ने र सोही सुझावका आधारमा असोज २५ गते बस्ने कार्यसमिति बैठकले सुझाव समेटी अनुमोदन गर्ने र साही प्रकृयालाई साधारणसभा मान्ने भएको छ ।

भेलामा कोरोना भाईरसका कारण व्यवसायीले भोग्नु परेका आर्थिक समस्याका बारेमा छलफल गरि व्यवसाय उत्थानमा सहयोग पुर्याउन र साधारण सभाकै पुर्व तयारी अन्तरगत संघद्वारा गठित बिभिन्न १९ वटा उप समिति मध्ये बजार ब्यवस्थापन उपसमिति, तालिम व्यवस्थापन उपसमिति, निर्माण उपसमिति, सुचना प्रविधि उप समिति, प्रकाशन उप समिति र बस्तुगत संघ परिचालन उप समितिका बैठकहरु सम्पन्न भएका छन् भने अन्य उप समितिहरुको असोज २१ सम्म बैठक वस्ने संघका महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिए ।

You might also like

Comments are closed.