गण्डकी प्रदेशमा थपिए ११ जना कोरोना संक्रमित

पोखरा ।  गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस सँगै संक्रमितको संख्या
३ हजार ९ सय ८६ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा ११ जनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमित हुनेमा कास्कीका ७ जना, स्याङ्जाका २ जना र लमजुङका २ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

footwear zone

You might also like

Comments are closed.