कोरोना जितेपछि शुभेच्छुकहरुलाई के भने क्याप्टेन विजय लामाले ?

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामाले कोरोनालाई जितेका छन् । कोरोना पुष्टि भएको १८ दिनपछि उनी हिजो अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

कोरोना लागेपछि उनी गत भदौ २९ गते ललितपुरस्थित स्टार अस्पतालमा भर्ना भएका थिए । कोरोना जित्दा आफूले नयाँ जीवन पाएको अनुभव गरेको उनले लेखेका छन् ।

डिस्चार्ज भएपछि उनले लेखेको स्टाटस यस्तो छः

footwear zone

१६ रात १७ दिनको अस्पताल बसाइ पछि हिजो बेलुकी घर फर्कदाको आनन्द बयान गर्न सक्दिन! एउटा कुरा चाहिँ कस्तो अनुभुति भयो भने “नया जिवनको सुरुवाती” जस्तो लाग्यो त्यो कोरोना युद्ध पछि!!

कोबिड सङको लडाइमा बिजय प्राप्ती पछिको जीवन हो मेरो भन्ने लाग्यो!! त्यसैले अब त झन देश र मेरा नेपाली दाजु भाइ दिदी बहिनीहरुको लागि समर्पित भएर जिवनमा अघि बड्नेछु!!

तपाइहरु सबैको माया, साथ र प्रार्थनाको कारण नया जीवन मिलेको छ! सधै आभारी रहने छु!

हजारौ, लाखौको संख्यामा सन्देशहरु आएको हुनाले ब्यक्तिगत रुपमा सबैलाई धन्यवाद अनि उत्तर दिन असमर्थ भएकोमा छ्यमा चहान्छु।

यहि स्टेटस मार्फत हृदय देखिनै धन्यवाद अनि नमन तपाईंहरु सबैमा!

जय चन्द्र सूर्य!!

You might also like

Comments are closed.