काठमाडौं । नेपालमा कोरोना संक्रमित बढ्ने क्रम जारी छ । ७ वटै प्रदेशमा कोरोना संक्रमण फैलिएको छ । सक्रिय संक्रमित मध्य ९४७४ जना संस्थागत आइसोलेसन र ११७६० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा सक्रिय संक्रमित मध्य २७० जना संस्थागत आइसोलेसन र १६६७ होम आइसोलेसनमा छन् । त्यसैगरी प्रदेश २ मा ६२९ जना संस्थागत आइसोलेसन र ६१२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बागमति प्रदेशमा संस्थागत आइसोलेसनमा ६५११ जना र होम आइसोलेसनमा ६९१८ जना छन् । गण्डकी प्रदेशमा ५५३ जना संस्थागत आइसोलेसन र ५३२ जना होम आइसोलेसनमा छन् ।

प्रदेश ५ मा १०५१ जना संस्थागत आइसोलेसन र १२०९ जना होम आइसोलेसनमा छन् । कर्णाली प्रदेशमा ४२५ जना संस्थागत आइसोलेसन र २५९ जना होम आइसोलेसमा छन् ।
त्यसैगरी सुदुरपश्चिम प्रदेशमा ३५ जना संस्थागत आइसोलेसन र ५६३ जना होम आइसोलेसनमा छन् ।





Comments are closed.