काठमाडौं । नेपाली बजारमा वाइन उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको स्नोम्यान वाइनरी प्रा.लि.ले आफ्ना उत्पादनको ‘अनलाइन होम डेलिभरी’ सेवा सुरु गरेको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी अनलाइन डेलिभरी सेवा सुरु गरिएको प्रा.लि.का सञ्चालक पुजनलाल श्रेष्ठले जानकारी दिए ।
अनलाइन होम डेलिभरीका लागि प्रा.लि.ले ग्यापु, चियर्स, सस्तो डिल, घ्याम्पे अनलाइन कम्पनीसँग सहकार्य गर्नेछ । काठमाडौं उपत्यकाका ग्राहकले अनलाइनबाटै स्नोम्यान वाइनरीका उत्पादनहरु अरोमा, किङस हिल र चिफ गेष्ट वाइन अर्डर गर्न सक्नेछन् ।


भाटभटेनी, बिगमार्ट, केके मार्ट, विनायक लिकर, सेल्स वेरी लगायत काठमाडौंका प्रायः सबै सुपरमार्केट तथा अन्य लिकर सपहरुमा पनि प्रा.लि.का उत्पादन उपलब्ध रहेको सञ्चालक वसन्तराज श्रेष्ठले जानकारी दिए ।
काभ्रेको पनौतीमा रहेको उद्योगबाट प्रा.लि.ले वाइनहरु उत्पादन गर्दैै आइरहेको छ । किङस हिल र अरोमा वाइन नेपाली उपभोक्ताहको रोजाईमा परेसँगै प्रा.लि.ले हालै चिफ गेष्ट वाइन सार्वजनिक गरेको छ ।




Comments are closed.