हिरोको दसैं अफर, एक लाख रुपैयाँसम्म जित्ने अबसर

काठमाडौं । चाडपर्वलाई लक्षित गरी नेपालका अटोमोबाइल कम्पनीहरुले फरक फरक अफर ल्याएका छन् । यसैक्रममा हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले ‘दसैंको पर्व, हिरोत्सवको हर्ष, हिरोसँग सबै दङग’ अफर सार्वजनिक गरेको छ ।

यो अफर अन्तर्गत हिरो ब्राण्डका मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले एक लाख रुपैयाँसम्म बम्पर उपहार प्राप्त गर्न सक्नेछन् । हरेक स्क्र्याच कुपनमा एक लाख रुपैयाँसम्म उपहार प्राप्त हुने कम्पनीले जनाएको छ ।

पक्का डिस्काउन्ट अफर अन्तर्गत ग्राहकले हरेक मोटरसाइकल तथा स्कुटर खरिदमा ५ हजार रुपैयाँ छुट पाउनेछन् । सजिलो हिरो योजना अन्तर्गत हिरोका सबै मोटरसाइकल तथा स्कुटर शून्य प्रतिशत डाउनपेमेन्ट उपलब्ध रहेको प्रा.लि.ले जनाएको छ ।

footwear zone

हिरोको मोटरसाइकल तथा स्कुटरमा अत्याधुनिक प्रविधि तथा उच्च माइलेज लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.