पछिल्लो २४ घण्टामा थपिए २२५३ कोरोना संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा २ हजार २ सय ५३ संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ८४ पिसिआर परिक्षण गरिएको छ भने हाल सम्म १० लाख ७४ हजार ४ सय ४८ परिक्षण गरिएको छ ।
सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेकोे छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय २९ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमित ६४ हजार ६९ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.