काठमाडौं । काभ्रे खोपासीका रोशन कुमार श्रेष्ठले यामाहाको रे जेडआर १२५ एफआई स्कुटर प्राप्त गरेका छन् । उक्त स्कुटर भर्चुअल माध्यमबाट गरिएको सार्वजनिक कार्यक्रममा सहभागी भएर लक्की ड्रका आधारमा बिजेता बनेका उनले आइतबार स्कुटर प्राप्त गरेका हुन् ।
नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एम.ए. डब्लु इन्टरप्राइजेज प्रा.लि.ले यो स्कुटर भर्चुअल रुपमा हालै सार्वजनिक गरेको थियो । ‘रजिस्टर्ड एण्ड विन यामाहा रे जेडआर’मा श्रेष्ठसहित ५० हजार जनाको सहभागिता रहेको प्रालिले जनाएको छ । सहभागीहरु मध्ये लक्की ड्रका आधारमा श्रेष्ठ बिजेता बनेका हुन् ।
सरकारलाई बुझाउनुपर्ने २५ प्रतिशत ट्याक्स तिरेर श्रेष्ठले स्कुटर लिएका हुन् । कार्यक्रममा सहभागी भइ लक्की ड्रका आधारमा स्कुटर प्राप्त गर्दा निकै खुसी लागेको श्रेष्ठले आर्थिक आवाजलाई बताए ।

यामाहा रे जेडआर १२५ एफआई सबैभन्दा छिटो पिकअप लिने स्कुटर भएको कम्पनीको दावी छ । सो स्कुटरले ७.५९ सेकेण्डमा पिकअप लिएर ६० किलोमिटर प्रतिघण्टाको गति समात्न सक्छ । यो स्कुटरको माइलेज प्रतिलिटर ५८ किलोमिटर रहेको बताइएको छ । स्कुटरको मूल्य २ लाख ५४ हजार ९ सय छ ।




Comments are closed.