काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनआइइएफ) को टोलीले युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई भेटेको छ । युवा उद्यमशीलताको विकासका सन्दर्भमा केन्द्रित रहेर मन्त्री विश्वकर्मासँग छलफल गरिएको मञ्चका अध्यक्ष प्रकाशदेव पालिखेले आर्थिक आवाजलाई जानकारी दिए ।
सरकारले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने नीति लिएको मन्त्री विश्वकर्माले उक्त अवसरमा बताए । उद्यमशीलता विकासका लागि मञ्चसँग सहकार्य गर्न सरकार तयार रहेको उनको भनाइ छ ।
विदेशबाट समेत थुप्रै युवाहरु स्वदेश फर्किएको बताउँदै मन्त्री विश्वकर्माले उद्यममा लाग्न युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।

उक्त अवसरमा बोल्दै मञ्चका अध्यक्ष पालिखेले उद्यमशीलताको क्षेत्रमा मञ्चले काम गरिरहेको बताए । आवश्यक परे सरकारसँग पनि सहकार्य गरेर काम गर्न तयार रहेको उनले बताए ।





Comments are closed.