काठमाडौं । पछिल्लो समय सुनचाँदीको मूल्य घट्ने बढ्ने क्रम चलिरहेको छ । बुधबार सुनको मूल्य घटेको छ ।
मंगलबारको तुलनामा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले घटेकोे हो ।
मंगलबार प्रतितोला ९४ हजार ९ सय रहेको छापावाला सुनको मूल्य बुधबार ९४ हजार १ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य पनि ८ सय रुपैयाँ नै घटेको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ छ ।

बुधबार चाँदीको मुल्यमा २५ रुपैयाँ घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ७५ रुपैयाँ कायम भएको छ ।




Comments are closed.