विमानस्थल स्तरउन्नति र हवाई सेवा विस्तारमा सक्रिय बन्दै सरकार

काठमाडौं । नेपालको हवाई सेवालाई सुधार गर्ने अभियानमा पर्यटन मन्त्रालयले सक्रियता देखाएको छ । पछिल्ला केही दिनकै अन्तरालमा मन्त्रालयको सक्रियतामा विमानस्थलको स्तरउन्नति तथा सेवा विस्तारमा महत्वपूर्ण कामहरु भएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेत बिमानस्थलको विस्तार र स्तरोन्नति गर्न केन्द्र र प्रदेश सरकारबीच लागत साझेदारी पत्रमा हस्ताक्षर भएको छ । असोज १५ गते सम्झौता भएको हो । अब बिमानस्थल विस्तार र स्तरोन्नतिको काम सुरु हुने मन्त्री भट्टराई बताउँछन् ।

footwear zone

बर्तमान सरकार गठन पछि कालोपत्रे भएका बझाङ, डोटी र बैतडी बिमानस्थलमा परीक्षण उडान असोज १७ गते भएको छ । अब ती विमानस्थलमा नियमित उडान हुने मन्त्री भट्टराईले जानकारी दिए ।

प्रदेश १ को राजधानीमा रहेको बिराटनगर बिमानस्थलको बिस्तार तथा स्तरोन्नतिका लागि केन्द्र, प्रदेश र बिराटनगर महानगरपालिकाबीच लागत साझेदारी पत्रमा हस्ताक्षर असोज १९ गते हस्ताक्षर भएको छ । यो विमानस्थलको स्तरउन्नतिको काम पनि अब अघि बढ्ने मन्त्री भट्टराईले जानकारी दिए ।

‘हाम्रो संघीयता पारस्पारिक सहयोग र साझेदारीतामा आधारित संघीयता हो,’ उनले भने, ‘संविधान र संघीयताको सोही मर्म र भावनाको कार्यान्वयन बिमानस्थलहरुको बिस्तारमा तीन तहको लागत साझेदारीबाट शुरु भएको छ ।’

You might also like

Comments are closed.