काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा २ हजार ५९ संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार २ सय ७९ पिसिआर परिक्षण गरिएको छ भने हाल सम्म ११ लाख ४५ हजार २ सय ३७ परिक्षण गरिएको छ ।
सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८० संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ७३ हजार २३ संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




Comments are closed.