शिक्षा, स्वास्थ्य र पूर्वाधारमा उल्लेख्य काम भयो : सांसद थापा

पोखरा । कास्की क्षेत्र नं २(क) बाट निर्वाचित प्रदेश सभा सदस्य कृष्ण थापाले साढे २ वर्षे आफ्नो कार्य प्रगति सार्वजनिक गरेका छन् । पोखरामा शुक्रबार पत्रकार भेटघाट गरि थापाले आफ्नो साढे २ वर्षे कार्य प्रगतिमा शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा उल्लेख्य उपलब्धी हाँसिल गरेको बताएका हुन् ।

नेकपा कास्कीका अध्यक्षसमेत रहेका सांसद थापाले निर्वाचनमा गरेका प्रतिबद्धता अनुसारै आफूले काम गरिरहेको जिकिर गरे । थापाले भने,‘शिक्षा, स्वास्थ्य र पूर्वाधारमा विशेष जोड दिएर काम गरेको छु । यसका अलावा उद्योग, व्यवसाय र पर्यटनलाई पनि छुटाएको छैन ।’ उनले पूर्वाधार अन्तर्गत सडक निर्माणदेखि पुल निर्माणसम्म, खानेपानीदेखि सिंचाईसम्मलाई प्राथमिकता दिएर काम गरिरहेको उल्लेख गरे । सांसद थापाले नदी तथा ताल संरक्षणमासमेत आफूले बजेट विनियोजनमा भूमिका खेलेको बताए ।

सांसद थापाले कतिपय कामहरु सम्पन्न भइसकेको त कतिपय निर्माणाधीन अवस्थामा रहेको बताए । जस अन्तर्गत कृष्ती बक्रेक पौवेगौडे मोटरबाटो( १२.३ किमी)को बाटो निर्माण भइरहेको र त्यसका लागि ३२ करोड ९० लाख बजेट विनियोजन गर्न सफल भएको बताए । त्यस्तै, आफ्नै पहलमा पोखरा–१७ स्थित ड्यामसाईडमा ४ करोड ८० लाखमा झण्डा पार्क निर्माणको काम भइरहेको र विरौटा–पुँडीटार सडक, रत्नचोकदेखी ड्यामसाईडसम्मको सडकमा फुटपाथ निर्माणको काम भइरहेको थापाले उल्लेख गरे ।

footwear zone

सांसद थापाले एक वडा एक बैंकको अवधारणा अनुसार आफू अघि बढिरहेको बताउँदै अब आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने वडा नम्बर २१ मा मात्र बैंकको शाखा स्थापना गर्न बाँकी रहेको बताए । उनले निर्वाचनताका आफूले गरेका प्रतिबद्धता अनुरुपका बाँकी काम बाँकी साढे २ वर्षमै पूरा गर्ने दाबी गरे ।

सांसद थापाले पोखरा महानगरपालिका ७ र १५ जोड्ने, वडा १५ र ३३ जोड्ने सेती नदीमा पुल निर्माण गर्ने योजना अनुरुप काम अघि बढिरहेको बताए । त्यस्तै, स्वस्थ नागरिक उत्पादनमा जोड दिनका लागि मनोरञ्जन पार्कदेखि जिम पार्क, बाल उद्यान, विश्राम स्थललगायत निर्माणलाई जोड दिइने सांसद थापाले बताए ।

You might also like

Comments are closed.