हुलाक सेवा निर्देशनालयमा प्रथम सेवाग्राहीलाई स्वागत

पोखरा ।हुलाक सेवा निर्देशनालय पोखराले प्रथम सेवाग्राहीलाई कार्यलय परिसरमा स्वागत गरेको छ । १३४ औं विश्व हुलाक दिवस तथा ५१ औं नेपाल हुलाक दिवसको अवसरमा मिलन दुलाललाई निर्देशनालयका प्रमुख किर्तनराज पौडेलले स्वागत गरेका हुन् ।

दुलाल सेवाग्राहीको रुपमा हुलाक टिकट खरिद गर्नका लागी ठिक १० बजे कार्यलय परिसरमा प्रवेश गरेका थिए । सोहि अवसरमा उनलाई पहिलो सेवा ग्राहिको रुपमा सम्मान गरेको प्रमुख पौडेलले जानकारी दिए ।

यसैगरी कार्यलयले सोही अवसरमा कार्यलय सरसफाइ तथा वृक्षारोपण गरेको छ । परिसरभित्र सम्पुर्ण कर्माचारीको सहयोगमा सरसरफाइ गरिएको हो ।

footwear zone

कोभिडका कारण अन्य कार्यक्रमहरु गर्न नपाएको बताउदै प्रमुख पौडेलले हुलाक परिसरलाई फुलवारीको रुपमा विकास गर्न धुपी लगायतका विरुवा रोपिएको बताए ।

You might also like

Comments are closed.