पोखरा । पोखराको लेकसाइडमा रहेको टेम्पल ट्रि रिसोर्टले पर्यटकलाई आकर्षित गर्न ‘रेष्ट एण्ड रिल्याक्सेसन’ अफर ल्याएको छ । रिसोर्टले २ रात, ३ दिनको प्याकेजसहित अफर सार्वजनिक गरेको हो ।
यो अफर डिसेम्बर २२ सम्म लागु हुने प्रवन्धक कृष्ण आचार्यले आर्थिक आवाजलाई जानकारी दिए । दसैं अवधि (अक्टोबर २३ देखि ३० सम्म) भने अफर लागु हुनेछैन । २ जनाका लागि १५ हजार रुपैयाँ र एक जनाका लागि १२ हजार ५ सय रुपैयाँ (करसहित) को प्याकेज रिसोर्टले सार्वजनिक गरेको हो ।
आन्तरिक पर्यटकलाई लक्षित गरी प्याकेज ल्याइएको रिसोर्टका सञ्चालक वसन्त गौतमले बताए । २ दिन नै ब्रेक फास्ट, एक दिन लन्च अथवा डिनर, ३० मिनेटको फुट मसाज प्याकेजमा समावेस गरिएको छ । फुड एण्ड बेबरेजमा १५ प्रतिशत छुटको व्यवस्था छ ।

रिसोर्टमा ७० वटा रुम छन् । लेकसाइड भित्र भएर बुटिक रिसोर्ट सञ्चालनमा ल्याएर आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा प्रदान गर्न टेम्पल ट्रि सफल छ । स्विमिङ पुल, जिम, स्पा लगायत पर्यटकीय गतिविधिका लागि रिसोर्टमा पर्याप्त पूर्वाधार छन् ।





Comments are closed.