काठमाडौं । होमनाथ उपाध्यायको अध्यक्षतामा बागमती प्रदेश हस्तकला संघ गठन भएको छ । संघको उपाध्यक्षमा मकवापुरका कमला सुवेदी, सचिवमा ललितपुरका नविन शाक्य, कोषाध्यक्षमा भक्तपुरका मनिका कायस्थ छन् ।
सदस्यहरुमा काठमाडौंका अवानिश प्रधानाङग, काठमाडौंका अनुप मानन्धर, काभ्रेका लक्ष्मी श्रेष्ठ, दोलखाका पार्वती खड्का र रसुवाका मनविर कामी छन् ।
देश संघियतामा गएसँगै प्रदेशस्तरीय हस्तकला संघको आवश्यकता महसुस गरी संघ गठन गरिएको अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।

प्रदेशभित्रका जिल्लालाई समेटेर प्रदेश संघ गठन भएको उपाध्यक्ष कमला सुवेदीले जानकारी दिइन् ।




Comments are closed.