पोखरा ।
नेलम्बो नेपालले शनिवार जिल्ला प्रहरी कार्यलय कास्कीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । सो अवसरमा १ सय ३० जना प्रहरी सुरक्षाकर्मीको चेक जाँच गरी औषधी समेत वितरण गरिएको छ ।
शिविरमा गण्डकी मेडिकल कलेजमा कार्यरत डा.रोशनी वास्ताकोटी, डा.सौदा थापामगर त्यस्तै नर्सहरु रुपा पुन, अञ्जली गुरुङ लगायत नेलम्बो नेपालको टिम चेकजाँचका लागि खटिएको थियो ।

कार्यक्रममा बोल्दै कास्की प्रहरी प्रमुख, प्रहरी उपनिरीक्षक जीवनकुमार श्रेष्ठले नेलम्बो नेपालले विषम् परिस्थितिमा पनि कुनै त्रास नमानी, स्वास्थ्य सावधानी अपनाएर शिविर संचालन गरेकोमा खुसी व्यक्त गरे । साथै नेलम्बोले यस कोभिड १९ रोगको महामारीको समयमा पटक पटक गरेको सहयोग प्रति जिल्ला प्रहरी कार्यलय ऋणी रहेको पनि उनले बताए । आगामी दिनमा पनि नेलम्बोसँग सामाजिक कार्यहरु गदा सहकार्य गर्ने उनले प्रतिबद्घता जनाए ।
संस्थाका अध्यक्ष एकदेव देवकोटाले जहाँ विपत्ति त्यहाँ नेलम्बो पुग्ने गरेको भन्दै हरेक प्रकारका महामारी तथा चुनौतीमा सुरक्षा व्यवस्थापन गर्न अग्रपंतिमा खटिने सुरक्षाकर्मीको मनोवल उच्च राख्न शिविर सञ्चालन गरिएको स्पष्ट पारे ।
प्रहरी प्रमुख श्रेष्ठको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा प्रहरी निरीक्षक कृष्ण वत्स्यालले स्वागत तथा नेलम्बो नेपालका जनसम्पर्क सुपरभाईजर भीमप्रसाद भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।





Comments are closed.