निगमका नवनियुक्त महाप्रवन्धक पौडेलद्वारा पदभार ग्रहण, केके छन् उनका प्रतिबद्धता ?

काठमाडौं । नेपाल वायुसेवा निगमका नवनियुक्त महाप्रवन्धक डिमप्रसाद (प्रकाश) पौडेलले पदभार ग्रहण गरेका छन् । असोज २२ गतेको मन्त्रिपरिषद् बैठकबाट उक्त पदमा नियुक्त भएका पौडेलले सोमबार पदभार ग्रहण गरेका हुन् ।

उनलाई नेपाल सरकारले ४ वर्षको लागि निगमको महाप्रवन्धकमा नियुक्त गरेको हो । चार्टर्ड एकाउन्टेन्टका साथै व्यवस्थापन विज्ञका रुपमा परिचित उनी यस अघि निगम संचालक समितिको सदस्य थिए । सोमबार आयोजित पदभार ग्रहण कार्यक्रममा संचालक समितिका अध्यक्ष सुशील घिमिरेले निगमले व्यवस्थापन विज्ञ र युवा महाप्रवन्धक पाएकोमा खुसी व्यक्त गरे ।

कोरोना महामारीको अवस्थामा पनि निगमले उल्लेखनीय सेवा प्रदान गर्दै आएकोमा प्रशन्नता व्यक्त गर्दै पारस्परिक सल्लाह र समझदारीको आधारमा नयाँ महाप्रवन्धकको नियुक्ति भएकाले मिलेर काम गर्ने विश्वास दिलाए ।

footwear zone

नवनियुक्त महाप्रवन्धक पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नयाँ भए पनि सरकारले विश्वास गरी नयाँ जिम्मेवारी प्रदान गरेकोमा आभार व्यक्त गरे । निगमलाई गतिशील बनाउन एक्लो प्रयास पर्याप्त नहुने सन्दर्भमा सबैको सहयोगको अपेक्षा गर्दै निगममा विमान थप गरी संचालन मुनाफाको प्रत्याभूति गर्ने विश्वास व्यक्त गरे ।

उनले परम्परागत शैलीमा काम गरेर अपेक्षित उपलब्धि हासिल गर्न नसकिने उल्लेख गर्दै फरक ढंगले सिर्जनात्मक काम गर्नुपर्ने आवश्यकता औँल्याए । नायव महाप्रवन्धक गणेश बहादुर चन्दले निगमबारे पूर्ण जानकारी राख्ने व्यक्तिलाई महाप्रवन्धक पाएकाले निगमले गतिलिने विश्वास व्यक्त गरे ।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभाष डाँगीले निगमसँग पर्याप्त सम्भावना भए पनि हालको समस्याबाट पार पाउन निकै महत्वपुर्ण प्रयास आवश्यक रहेको बताए ।

You might also like

Comments are closed.