एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू पूर्ण रुपमा स्वस्थ भएको बताएका छन् ।
२ साता अगाडि कोरोना संक्रमण भएपछि केही दिन मात्रै अस्पताल बसेर ह्वाइट हाउस प्रवेश गरेका राष्ट्रपति ट्रमले सोमबार चुनावी ¥यालीलाई समेत सम्बोधन गरिसकेका छन् ।
अमेरिकाको फ्लोरिडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रमले आफू रोग प्रतिरोधी बनिसकेको बताए । भाइरससँग नडराउनसमेत उनले सबैलाई आग्रह गरेका छन् । चुनावी कार्यक्रममा सामाजिक दुरी कायम नभएपछि उनको आलोचनासमेत भएको छ ।

अमेरिकी निर्वाचनमा जो बाइडनसँग ट्रमले राष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्दैछन् । फ्लोरिडामा यही साता निर्वाचन हुँदैछ ।




Comments are closed.