
यो अफर सपिङ मेलाको सबैभन्दा आकर्षण मानिएको छ जस अन्तर्गत ३० भन्दा बढि लोकप्रिय ब्रान्डका सामान ८० प्रतिशत सम्म छुट व्यवस्था छ ।
फ्ल्यास सेल र विशेष ब्रान्डः
हरेक दिन सस्तोडिलमा ५ वटा फ्ल्यास सेलमा भारी छुटका साथ सार्वजनिक गर्नेछन् । विशेष ब्रान्ड सम्झौतामा केटीएम सिटि, अन्ता, टाइटन, मिचा, नाइके, स्किचर्स, क्यालिबर, बल्ट्रा, सामसुङ, सीजी इलेक्ट्रोनिक्स, एलजी लगायत अन्य ब्रान्डहरूका उत्पादनहरु सामेल हुनेछन् । यो अफर असोज २७ गतेदेखि कात्तिक १ गते सम्म लागु हुनेछ ।
लक्की ड्र र गिफ्ट ह्याम्परः
उपभोक्ताले लक्की ड्र मार्फत एसडी स्क्र्याच कार्डका विभिन्न गिफ्ट पाउनेछन् । ग्राहकहरूले हरेक डेलिभरीको साथ एक स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । जस अन्तर्गत उपभोक्ताले १० हजार रुपैयाँ बराबरको छुट र ४९ इन्चको मारक्यु टिभीे बम्पर पुरस्कार पाउनेछन् । लक्की ड्र हरेक दिन गरिने बताइएको छ ।
उपभोक्ताहरुले हरेक दिन १२ वा सो भन्दा बढि उपहार जित्न अवसर पाउनेछन् । उपहारमा स्मार्टफोन र स्मार्ट ग्याजेटहरू समावेश छन् । यो योजनामा ग्राहकरुले अर्डर गरेपछि स्वचालित रूपमा त्यस विशेष दिनको लक्की ड्रमा ग्राहकहरु समाबेस हुनेछन् । अर्डर गरेको भोलिपल्ट सस्तोडिलको अफिसियल फेसबुक पेजबाट ७ बजे लाइभ मार्फत उपहार खोलिने बताइएको छ।
अन्य छुट भौचरहरूः
ग्राहकहरूले सस्तोडिलको वेबसाइटबाट खरिद गर्दा ५ हजारभन्दा बढिको छुट उपलब्ध हुनेछ । यी अतिरिक्त छुटको मज्जा लिन ग्राहकहरूले ’चेकआउट’ पृष्ठमा छुट कोड भर्नु पर्नेछ । जुन छुट रकम स्वचालित रूपमा कुल रकमबाट घटाइनेछ ।
क्यासब्याक अफरः
सस्तोडिलले मोबाइल वालेट आईएमई पे र बैंकहरू एनआईसी एशिया, एचबीएल, एनएमबी बैंक, एनआईबीएल र सनिमा बैंकसँगबाट भुक्तानी गरेको खण्डमा २५ प्रतिशत सम्म क्यास ब्याक दिने बताइएको छ ।




Comments are closed.