आज थपिए ३५५६ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १५ हजार  ५ सय ७७ पिसिआर परीक्षण गरिएको छ भने हाल सम्म १२ लाख ७ हजार ९१ परीक्षण गरिएको छ ।

सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ ।

footwear zone

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ७८ हजार ७ सय ८० संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.