प्रभु मनि ट्रान्सफरको चाडपर्व विशेष अफर

 

काठमाडौं । दसैं तिहारलाई लक्षित गरी प्रभु मनि ट्रान्सफरले विशेष अफर सार्वजनिक गरेको छ । ‘सुरक्षित मनाऔं महान पर्व, प्रभूको उपहारसँग’ स्किम अन्तर्गत विदेशबाट रकम पठाउने र नेपालमा रकम प्राप्त गर्ने दुवै पक्षले उपहार पाउने कम्पनीले जनाएको छ ।

हरेक हप्ता ३२ इञ्चको टेलिभिजन सेटसहित प्रभू टिभी सेटअप बक्स ग्राहकले पाउनेछन् । प्रभू क्यापिटलमा प्रभू बैंकको डिम्याट तथा मेरो सेयरको खाता खोल्दा ५० प्रतिशत छुट, प्रभू पेमार्फत मोवाइल वालेटमा ३० बराबरको टपअप र प्रभू डिजिटलबाट नेट र टिभीको वार्षिक प्याकेज लिने ग्राहकले २ महिनाको अतिरिक्त बोनस प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

footwear zone

अक्टोबार १५ देखि लागू भई नोभेम्बर २० सम्म यो योजना कायम रहने बताइएको छ ।

You might also like

Comments are closed.