मनकारी महेश, जसको नेतृत्वमा जम्मा भयो मुटु रोगीको उपचारार्थ साढे ४ लाख

पोखरा । पोखरा महानगरपालिका वडा नंं ३१ का मुटुरोगी कर्णबहादुर दुरालाई सहयोग गर्न शुरु गरिएको ‘दुराकान्छा बचाउ अभियान’ले संकलित रकम बुधबार हस्तान्तरण गरेको छ ।

स्थानीय युवा महेश पौडेलको संयोजकत्वमा गठित दुरा कान्छा बचाउ अभियानले संकलन गरेको चार लाख ५२ हजार रुपैयाँ नेपाल सरकारका पूर्व कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञवहादुर थापाले दुरालाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

थापाले स्वास्थ्यमा नागरिकको सहज पहुँच नहुँदा विपन्न नागरिकलाई बाँच्न गाह्रो भएको जनाउँदै स्वास्थ्यमा सबैको पहुँच हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सचिव सुदिपमोहन भट्टराईले सामाजिक अभियानमा राजनीति भन्दा माथि उठेर सबैले सहयोग गर्न सके कठिन परिस्थितिमा रहेका धेरै नागरिकलाई बचाउन सकिने उल्लेख गरे ।

footwear zone

काँग्रेसका स्थानीय नेता राजेन्द्रमणि लामिछानेले अभियानले जुटाएको सहयोग मानवीयताको एक नमूना भएको बताए । अभियानका संयोजक महेश पौडेलले सबैको उदारमनले सहयोग उठेको उल्लेख गर्दै सामाजिक सेवामा सबै एकजुट हुनुपर्ने धारणा राखे । दुरा एक वर्षदेखि मुटुरोगबाट पीडित छन् । हालै थप उपचारका लागि शहिद गंगालाल हृदय रोग केन्द्र पुगेका उनलाई कोरोना सङ्क्रमण देखिएपछि त्यसलाई पनि जितेर अब शल्यक्रियाको तयारीमा छन् ।

You might also like

Comments are closed.