एक्स्पर्ट एजुकेसन पोखरा सातौं वर्षमा

पोखरा । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्मिसेस पोखरा स्थापनाको सातौं वर्ष प्रवेश गरेको छ । पोखराको सिद्धार्थचोकमा सञ्चालित एक्स्पर्टले २०१४ बाट सेवा शुभारम्भ गरेको हो ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श सेवा दिदै आइरहेकोमा एस्क्पर्टले युके, युएसए र क्यानडा जान चाहने विद्यार्थी तथा अभिभावकलाई पनि परामर्श सेवा सुरु गरिसकेको छ ।

विद्यार्थी तथा अभिभावकबाट निरन्तर प्राप्त मायाका कारण एक्स्पर्ट सफल हुँदै आइरहेको पोखरा शाखाका प्रवन्ध निर्देशक रमेश थापाले बताए । ‘विद्यार्थी र अभिभावकको विश्वास जित्न सक्नु नै हाम्रो सफलता हो,’ थापाले भने, ‘आगामी दिनमा पनि यो विश्वासलाई कायम राख्नेछौं ।’ वार्षिकोत्सवको अवसरमा सम्पूर्ण कर्मचारी, विद्यार्थी, अभिभावकमा एक्स्पर्टले शुभकामना व्यक्त गरेको छ ।

footwear zone

एक्स्पर्टको प्रधान कार्यालय अष्ट्रेलियाको सिड्नीमा छ । अष्ट्रेलियाका प्राय मुख्य शहरमा एक्स्पर्टको शाखा सञ्जाल छ । अष्ट्रेलिया, नेपाल, नाइजेरिया, इण्डिया, चीन, फिलिपिन्स, म्यानमार, श्रीलंका, हङकङ लगायत देशमा गरी एक्स्पर्टका शाखा ३५ वटा पुगेका छन् ।

पोखरा शाखामा हाल १४ जना कर्मचारी सेवारत रहेको थापाले जानकारी दिए । एक्स्पर्टमार्फत सबै शाखामा गरी करिब ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । एक्स्पर्टका संस्थापक बन्द्री अर्याल र सञ्जिव शर्माका अनुसार एक्स्पर्ट टिमले शिक्षा, स्वास्थ्य, पर्यटन र जलविद्युत क्षेत्रमा लगानी गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.