पोखरा । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्मिसेस पोखराले सातौं वार्षिकोत्सवको अवसरमा बालआश्रमलाई सहयोग गरेको छ । शनिबार एक कार्यक्रमका बीच पोखरा १९ मा रहेको ओम शिवशक्ति कल्याणी केन्द्र बालआश्रमलाई एक्स्पर्टले खाद्यान्न, लत्ताकपडा तथा औषधी सहयोग गरेको हो ।
एक्स्पर्ट पोखराका प्रवन्ध निर्देशक रमेशकुमार थापासहित कर्मचारीहरुले टोलीले उक्त सामग्री आश्रमका संरक्षक माता भवानी थापालाई हस्तान्तरण गरेका हुन् । सहयोगका लागि संरक्षक थापाले धन्यवाद ज्ञापन गरिन् ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. १९ का वडा सदस्य कमलप्रसाद बास्तोलाले एक्स्पर्टले सामाजिक क्षेत्रमा राम्रो काम गरेको बताए । एक्स्पर्टले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको प्रवन्ध निर्देशक थापाले उक्त अवसरमा बताए ।

कार्यक्रमको सञ्चालन मार्केटिङ हेड तथा पब्लिक रिलेसन अफसर विष्णुप्रसाद गौतमले गरेका थिए ।
र यो पनि एक्स्पर्ट एजुकेसन पोखरा सातौं वर्षमा




Comments are closed.