काठमाडौं । महानायक राजेश हमालले हिमाल कलेज अफ म्यानेजमेन्ट पोखराका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुसँग छलफल तथा अन्तरक्रिया गरेका छन् । शनिबार भर्चुअल माध्यमबाट कलेजसँग हमाल जोडिएका हुन् ।
कलेजले साप्ताहिक रुपमा समाजका स्थापित विभिन्न व्यक्तिहरुसँग उत्प्रेरणामूलक कार्यक्रम गर्ने क्रममा शनिबार हमालसँग अन्तरक्रिया गरेको कलेज प्रमुख हरि कार्कीले जानकारी दिए ।
सो अवसरमा बोल्दै महानायक हमालले कोभिडलाई खेलाचीका रुपमा नलिइ सचेत हुन आग्रह गरे । स्वास्थ्यसँगसँगै अध्ययनलाई पनि जोड दिनुपर्ने उनले बताए । प्राप्त स्रोतहरुको अधिकतम उपयोग गरी अध्ययन गर्न हमालले विद्यार्थीलाई आग्रह गरे ।

हमाल यतिबेला पोखरा भ्रमणमा छन् । चलचित्र सत्यमको कार्यक्रममा सहभागी हुन पोखरा आएको अवसरमा सत्यमका निर्माता, लेखक एवं कलेजका एकेडेमिक डिन रेशम सापकोटाले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रम निकै प्रभावकारी भएको कलेजका इन्चार्ज मणिप्रसाद डुम्रेले बताए ।




Comments are closed.