काठमाडौं । कोभिड उपचारका लागि रेम्डेसिभिर औषधी स्वास्थ्य तथा जनसंख्या मत्रालयमा कोभिडको रुपमा सुचिकृत अस्पतालको फार्मेसीबाट बिक्री वितरण गर्ने व्यवस्था स्वास्थ्य मन्त्रालयले गरेको छ ।
आर्थिक रुपले विपन्न अशक्त तथा असाहाय, असाहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रस्थानमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा काम गर्ने कर्मचारमिा लक्षण देखिएमा परीक्षण तथा उपचार निःशुल्क गर्ने सरकराले निर्णय गरेको छ । उल्लिखित व्यक्तीले कुनै बीमा कम्पनीबाट कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार खर्च बीमा रकमबाट व्यहोरिने छ ।

सवै सरकारी तथा नीजि अस्पतालले कम्तिमा ५० प्रतिशत शैय्या कोभिड विरामीको लागि छुट्याउन सरकराले निर्देशन दिएको छ । यस अघिको निर्णयलाई परिवर्तन गरी सरकारले यस्तो निर्णय गरेको हो ।




Comments are closed.