काठमाडौं । दशैतिहारलाई लक्षित गरि इ फार्मले भर्चुअल खसी मेला गरिरहेको छ। उपभोक्ताले इ फार्मको भाइबर, इन्स्ट्राग्राम, फेसबुक लगायत सामाजिक सञ्जालमा भिडियो कल गरेर खसी तथा च्याङग्रा छनोट गरि अर्डर गर्न सक्नेछन् ।
उपभोक्ताले बिहान ५ बजेदेखि राती १२ बजेसम्म जुनसुकै समयमा फेन गरेर खसी तथा च्याङग्रा अर्डर गर्न सक्नेछन्। असोज २५ गतेदेखि सुरु भएको खसी मेला कातिक ९ गतेसम्म हुनेछ।
कोरोना भाइरस संकटका कारण बजारमा गएर खसी किन्न जाँदा जोखिम हुने भएकाले भिडिओ कलमै उपभोक्ताले खसी छान्ने, तौल हेर्न सकिने, खसीको रङसमेत छान्न सकिने फार्मका संस्थापक प्रमेश्वर श्रेष्ठले बताए। उपभोक्ताको मागअनुसार खसी जिउँदै, काटेर सफा गरेर डेलिभरी गर्ने जनाएको छ।

इ फार्मले केहि साताअघि देखि नै अनलाइनबाटै प्रि–बुकिङ सुरु गरेको थियो । फार्मबाट खसी किन्ने एनआइसि एसिया बैकंका प्रयोगकर्ताहरुले ५ प्रतिशत वा एक हजार रुपैयाँ सम्म छुट पाउनेछन् । त्यस्तै जिउँदो खसी, च्याङग्रा र सिङ्गै खसी लैजान नसक्ने उपभोक्ताले ३ केजी भन्दा बढी अर्डर दिए घरमै डेलिभरी गरिने बताइएको छ ।
धनकुटा, बैतडि, उदयपुर, सल्यान लगायतका पहाडि जिल्लाबाट ल्याएको खसी, मुस्ताङको च्याङग्रा, नुवाकोटको कुखुरा इ फार्ममा पाइनेछन् ।
उपभोक्ता फार्ममै आउन चाहेको खण्डमा सामाजिक दुरी कायम गरेर एक-एक जनालाई मात्र फार्म प्रवेश गराइने व्यवस्था गरेको उनले बताए । करिब ११ रोपनी जग्गामा ई फार्मको आफ्नै खसी फार्मसँगै खसी काट्ने, सफा गर्ने, मासु काट्ने ठाउँ पनि छुट्टै छ । गत वर्ष खसी र च्यांग्रा बिक्री गर्दै इ फार्म सुरु भएको थियो। त्यसपछि उनीहरु अन्य कृषि उत्पादनहरुलाई थप्दै सेवा विस्तार गरिरहेका छन्।




Comments are closed.