वृद्धवृद्धाले पाएनन् भत्ता, दसैं कसरी मनाउने भन्ने चिन्ता

किमाथाङ्का ।  खाँदबारीका वृद्धवृद्धाको यस सालको दसैं खल्लो हुने भएका छ । कोरोना भाइरस संक्रमण तथा बढ्दो महंगीमा वर्ष दिनको चाडमा मीठोमसिनो खाने र नयाँ लुगा लगाउने आश बोकेका वृद्धवृद्धा निराश भएका छन् ।

कोरोना महामारीका कारण देखाउँदै खाँदबारी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नदिने भएको छ । सरकारले भत्ता नदिएपछि खाँदबारीका धेरैजसो ज्येष्ठ नागरिकले दशैंँ कसरी मनाउने भन्ने चिन्ता लागेको बताएका छन् ।

आफूहरु ऋण खोजेर दशैँ मान्न बाध्य भएको खाँदबारी–४ का ८६ वर्षीय बैरव राईले गुनासो गरे ।कोरोना महामारी र संकट परेका बेला भत्ता नपाउँदा झन् मन खिन्न भएको राईको भनाइ थियो ।

footwear zone

नगरपालिकामा ज्येष्ठ नागरिक, एकल महिला, विधवा र दलितसहित दुई हजार ६४३ जनाले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । त्यस्तै पाँचखपन नगरपालिकामा १ हजार ४ सयभन्दा बढीले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।

सरकारले जेष्ठ नागरिकलाई रु तीन हजार, ज्येष्ठ नागरिक एकल महिलालाई रु दुई हजार, विधवालाई रु दुई हजार, दलित ज्येष्ठ नागरिकलाई रु दुई हजार, अपांगता भएका (क) लाई रु तीन हजार, अपांगता भएका (ख) लाई रु एक हजार ६ सय र बाल संरक्षणका लागि रु चार सयका दरले भत्ता उपलब्ध गराउँदै आएको छ ।

नगरपालिकाले ढिला गरी रकम निकासा गरेका कारण बैंकले समय भुक्तानी गर्न नसकेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालयका प्रबन्धक अनिश रायमाझीले बताए ।

You might also like

Comments are closed.