सामाजिक काममा सक्रिय बन्दै हाम्रो पोखरा कास्की

 

पोखरा ।  नेपालीहरु को महानपर्व दसैंको अवसरमा सामाजिक युबाहरुको संस्था हाम्रो पोखरा कास्कीले खाना खुवाएको छ । पोखराको चाइना पुल वरिपरि रहेका सडक बालबालिका तथा बिन्ध्यवासिनी मन्दिरमा रहेका अपांगता भएका व्यक्ती, असहायहरु लाई खाना संस्थाले खाना खुवाएको हो ।

सामाजिक उत्तरदायित्व वहनगर्दै सँस्थाले बिगतका बर्षमा जस्तै यो बर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिएको हो।

footwear zone

करिव ५० जना बालबालिका तथा जेष्ठ नागरिक लाई खाना खुवाएको हाम्रो पोखरा कास्की का अध्यक्ष माधव पौडेलले जानकारी दिए ।
सामाजिक कामलाई आफ्नो जीवनको पाटो सम्झिने व्यक्तीले कार्यक्रममा सहयोग गरेका छन् ।

You might also like

Comments are closed.