महासंघ केन्द्रीय सदस्यमा बाबुराम गिरीले दिए उम्मेदवारी

 

पोखरा । नेपाल उद्योग बाणिज्य महासंघको ५४ औ बार्षिक साधारण सभा तथा अधिबेसनका लागि लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बाबुराम गिरीले उमेदवारी दिएका छन् । उनले गण्डकी प्रदेश केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

महासंघको मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुने ५४ औं बार्षिक साधारण सभा तथा अधिबेसनका लागि गिरीले बिहीबार लेखनाथ उद्योग बाणिज्य संघको कार्यलयबाट अनलाईन मार्फत आप्mनो उमेदवारी दर्ता गराएका हुन् ।

footwear zone

कोरोना भाईरसका कारण सवै जिल्ला तथा नगर उद्योग बाणिज्य संघबाट उमेदवारी दिन काठमाडौ नै जानु पर्ने बाध्यकारी अवस्थालाई मध्यनजर राख्दै निर्वाचन समितिले अनलाईनबाट नै उमेदवारी दर्ता गर्ने ब्यवस्था मिलाएकाले सोही अनुसार गिरीले गण्डकी प्रदेश प्रतिनिधी पदमा उमेदवारी दिएका हुन् ।

यो पनि    महासंघको केन्द्रीय सदस्यमा किन उम्मेदवारी दिदैछन् बाबुराम गिरी ?

You might also like

Comments are closed.